नेप्सेमा ७३ करोड ५१ लाख रुपैयाँ भन्दा बढीको कारोबार
काठमाडौं, २६ चैत । साताको तेस्रो कारोबार (मंगलबार) सेयर बजार नकारात्मक रहेको छ । उक्त दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.५८ अंकले घटेर ११८१.१० को विन्दुमा कारोबार बन्द भएको हो ।
बजारमा कुल १ सय ७० कम्पनीको २७,८८,८८६ कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड ५१ लाख ५९ हजार ९ सय ९२ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा सुचिकृत १० वटा कम्पनीहरुले आज करोड भन्दा बढीको कारोबार गरेका छन् जसमा नेको इन्सोरेन्स कम्पनीले ६ करोड ४१ लाख भन्दा बढीको कारोबार गरि अग्रता लिएको हो ।
यसैगरि नेपाल कम्युनिटी डेभलप्मेन्ट बैंकका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । जसको सेयरमुल्यमा आज ९.५२ प्रतिशको वृद्धि आउको छ । साथै जोशी हाइड्रोपावर डेभलप्मेन्ट कम्पनीका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । जसको सेयरमुल्य ८.१२५ प्रतिशतले घटेको छ ।
मंगलबार नेप्सेमा सुचिकृत १० वटा समुह मध्ये सबै समुहको परिसुचक घटेको छ ।