जुगल हिमालमा पहिलो पटक मावन पाइला

काठमाडौं, २७ चैत । भर्जिन हिमालको रुपमा चिनिएको जुगल हिमालमा पहिलो पटक मानव पाइला पुगेको छ । चैत १५ गतेदेखि हिमाल आरोहणमा गएको सात सदस्यीय टोलीले मंगलबार साँझ ५ः२० बजे शिखर चुमेको हो ।

सोमबार बेलुकी ८ बजेबाट चार हजार ७२४ मिटरको उचाइमा रहेको अन्तिम बेस आधार शिविरबाट चुचुरोतर्फ गएको थियो । सगरमाथा आरोही एवं प्रथम समावेशी महिला हिमाल आरोहण दलकी सदस्य माया गुरुङको नेतृत्वमा जुगल हिमाल आरोहण सुरु भएको थियो ।

गुरुङसहित सिन्धु पर्यटन परिषद्का महासचिव मिलन तामाङ, शर्मिला थापा, फोटोग्राफर प्रेम गुरुङ र अन्तर्राष्ट्रिय माउन्टेनगाइड तुलसी गुरुङ र अन्य सहयोगी जुगल हिमाल आरोहण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *