Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

भारतीय आम निर्वाचन : पाकिस्तान पनि भापजाकै पक्षमा

भारतीय आम निर्वाचन : पाकिस्तान पनि भापजाकै पक्षमा

काठमाडौं, २७ चैत । भारतमा आम चुनावले माहोल तातिरहेका बेला पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि भारतीय जनता पार्टी (भाजपा) कै पक्षमा उभिएका छन् । भारतको आम चुनावमा भाजपा विजयी भएर नरेन्द्र मोदी पुनः प्रधानमन्त्री भए शान्तिवार्ताको सम्भावना अत्याधिक हुने भन्दै खानले भाजपाको पक्ष लिएका हुन ।

भारतमा विपक्षी पार्टी कांग्रेसको नयाँ सरकार बनेको खण्डमा उनीहरु पाकिस्तानसँग कुराकानीका लागि डराउन सक्ने उनले बताए । खानको भनाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले लेखेका छन् ‘कांग्रेसलाई यो डर भारतको दक्षिणपन्थी पार्टीबाट हुनेछ । बिजेपी दक्षिणपन्थी पार्टी हो र यदि उसले जित्छ भने कश्मिरको विषयमा कुराकानी अघि बढ्न सक्छ । यद्यपि, मोदीको भारतमा मुसलमान पूर्णरुपमा आफूलाई अलग्गिएको महसुस गर्छन् ।’

उनले अहिले भारतमा भइरहेको अवस्थाबारे आफुले कहिल्यै सोचेको बताए । भारतमा मुसलमानको पहिचानमाथि हमला भइरहेको उनको दाबी थियो । ‘मोदी इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहू जस्तै छन् ।’ उनले भने ‘दुबै डर र राष्ट्रवादी भावनाको आधारमा चुनाव जित्न चाहन्छन् ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x