इ–सेवा एप्प डाउनलोड गर्नेको संख्या १० लाख नाध्यो
काठमाडौं, २७ चैत । इ–सेवा फोन पे प्रालिको मोबाईल एप्स् डाउनलोड गर्नेको संंख्या १० लाख नाघेको छ । सन् २०१० देखि सुरुभएको इ–सेवा एप्प हाल डाउनलोड गर्नेको संख्या १० लाख पुगेको हो ।
इ–सेवामा ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेकाले सबै भन्दा बढी यो एप्प डाउनडोल गर्नेमा वित्तीय सेवा क्षेत्रका रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट इ–सेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा रकम पठाउन सकिन्छ ।यसका अतिरिक्त मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई सय ५० भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।