Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

वित्तिय साक्षरतामा नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट र कामना सेवा विकास बैंक सहकार्य गर्ने

वित्तिय साक्षरतामा नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट र कामना सेवा विकास बैंक सहकार्य गर्ने

काठमाडौं, २७ चैत । नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट र कामना सेवा विकास बैंक बीच वित्तीय साक्षरता सम्बन्धित कार्यक्रमलाई प्रभावकारी ढङ्गले संचालन गर्ने सम्झौता भएको छ। उक्त सम्झौतामा ईन्स्छिच्यूटका सहायक महाप्रबन्धक धन थापा र बैंकका प्रमुख कार्यकारी अधिकारी प्रविन बस्नेतले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेशनद बैंकिङ्ग ईन्स्टिच्यूटले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरुबारे कामना सेवा विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई उक्त एप्बारे ज्ञान दिलाई आ –आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्नेछ । साथै बैंकले महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, विद्यार्थीहरुलाईै वित्तीय साक्षरताबारे जानकारी गराइने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x