कुमारी बैंकको दुई आर्थिक वर्षको साधारण सभा बैशाख २६ मा

काठमाडौं, २७ चैत । कुमारी बैंकले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक गर्ने भएको छ । बैंकले आगामी वैशाख २६ गते एकै दिन सत्रौं र अठारौं वार्षिक साधारणसभा आह्वान गरेको छ।
बैंकले आर्थिक वर्ष २०७३–७४ र २०७४–७५ को साधारण सभा गर्न लागेको हो । कुमारीको साधारण सभामा आर्थिक वर्ष २०७३–७४ का लागि चुक्ता पुँजीको १२.७५ प्रतिशत र आर्थिक वर्ष २०७४–७५ को लागि चुक्ता पुँजीको ८.५० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गर्दैछ । उक्त दुबै प्रस्ताव साधारण सभामा पेश गरिने छ।