बारा र पर्साका हावाहुरी पिडितलाई कृषि विकास बैंकको १५ लाख सहयोग

काठमाडौं, २७ चैत । बारा र पर्साका हावाहुरी पिडितहरुलाई कृषि विकास बैंकले १५ लाख रुपैयाँ सहयोग प्रादन गर्ने भएको छ। बैंकले पीडितको सहायताका लागि प्रधामन्त्री दैविप्रकोप उद्धार कोषमा उत्तः रकम गरेको जानकारी दिएको छ ।

यही चैत १७ गते राति बारा र पर्सामा हावाहुरी र असिनापानीले ठूलो जनधनको क्षति भएको थियो । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पिडितलाई उक्त रकम सहयोग गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *