Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

नेशनल लाईफद्वारा बझाङ्गमा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

नेशनल लाईफद्वारा बझाङ्गमा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

काठमाडौं, २७ चैत । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र राम प्रसाद खत्री स्मृती प्रतिस्ठानको सह प्रायोजनमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । बझाङ्गको खप्तड छान्ना गाउँपालिमा विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सकहरुको टोलीले दुई दिने स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

उक्त शिविरमा लुम्बिनी अञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल प्रा.ली, तिलोत्तमा आँखा अस्पताल, आम्दा हस्पिटल प्रा.ली बुटवल र हिमाल डेन्टल हस्पिटल प्रा लि.का चिकित्सकहरुको संयुक्त टोलिले सेवा प्रदान गरेको ईन्स्योरेन्स कम्पनीले जनाएको छ ।

७ वटा बिशेषज्ञ बिधामा सेवा प्रदान गरिएकोमा जम्मा २ हजार ९ सय ९६ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । त्यस मध्येमा ३ सय ९४ जनाको अल्ट्रासाउन्ड, १ सय १ जनाको ल्याब परिक्षण , ३१ जनाको मोतिबिन्दुको शल्यक्रिया जस्ता उपचार गरिएको कम्पनीले उल्लेख गरेको छ । शिविरमा २२ लाख बराबरको निशुल्क औषधी समेत वितरण गरिएको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x