सेयर बजारमा झिनो अंकको मात्र बृद्धि

काठमाडौं, २७ चैत । बुधबार सेयरमा झिनो अंकले मात्र सुधार आएको छ। बजार ३.५२ अंकले बढेर परिसूचक ११८४.६१ बिन्दुमा बन्द भएको छ।

यो दिन १ सय ६९ कम्पनीको १६ लाख १२ हजार ३९६ कित्ता सेयर ४१ करोड ४ लाख ९४ हजार ६ सय ३२ रुपैयाँमा किनबेच भएको छ । हिजो ७३ करोड ५१ लाख ५९ हजारको सेयर किनबेच भएको थियो ।

बुद्यबार जलविद्युत समूहमा मात्र गिरावट देखिएको छ । बाँकी सबै समूहमा सुधार देखिएको छ । यो दिन कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा कायम गरको छ। बैंकको ५ करोड ७२ लाख ५४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकका लागनीकर्ताले सबैभन्दा धेरै कमाएका छन्् भने उन्नती माइक्रोफाइनान्सका लगानीकर्ता सबैभन्दा धेरै गुमाउनेमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *