Shangrila

पेप्सिकोलामा इन्भेष्टमेण्ट बैंकको शाखा र एटिएम संचालनमा

काठमाडौं, २७ चैत । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको पेप्सिकोला टाउनप्लानिङमा शाखा कार्यालय संचालनमा ल्याइएको छ। यो बैंकको ७९ औं शाखा कार्यालय भएको जनाइएको छ।

बैंकले आजैबाट सोही स्थानमा १ सय १२ औ एटिएम पनि संचालनमा ल्याइएको छ । बैंकका संचालकहरु प्रजन्य राजभण्डारी, सूर्यप्रकाश लाल श्रेष्ठ, निरन्जनलाल श्रेष्ठ, भुवनेश्वर प्रसाद शाह तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे लगायतको उपस्थितिमा शाखा तथा एटिएमको उद्घाटन गरिएको हो ।

बैंकले ग्रामिण क्षेत्रमा आफ्नो शाखा विस्तार गरेसंगै उपत्यकाको पूर्वी क्षेत्र पेप्सिकोलामा शाखा थप गरेको जनाइएको छ । हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५५ वटा शाखा संचालनमा ल्याएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *