आइएमई जनरल इन्स्योरेन्सद्वारा विद्यार्थीको लागि बीमा योजना प्रारम्भ
काठमाडौं, २७ चैत । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले विद्यार्थीहरुको भविष्य सुरक्षाको लागि ‘आइजीआई विद्यार्थी बीमालेख’ प्रारम्भ गरेको छ । इन्स्योरेन्सले कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि आइजीआई विद्यार्थी बीमालेख सञ्चालनमा ल्याएको हो ।
उक्त बीमालेखको प्रारम्भ कम्पनीका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । यो योजना प्रारम्भ भएसँगै अब कक्षा १ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरु मात्र नभई उनीहरुका अविभावक पनि यो सेवाबाट लाभांविन्त हुने इन्स्योरेस कम्पनीको दाबी छ ।
विमित विद्यार्थीको दुर्घटनाको कारण मृत्यु भएमा १ लाख रुपैयाँ तथा विद्यार्थीको आमा वा बाबु मध्ये कुनै एक जनाको हकमा बीमा अवधिभर ५ लाख रुपैयाँ बराबरको बीमांक रकम कायम गरिएको कम्पनीले जनाएको छ ।
त्यस्तै दुर्घटनाको कारणले औषधोपचार गर्नु परेमा विमित विद्यार्थीको हकमा बीमांक रकमको २५ प्रतिशत सम्मको ओषधोपचार सुविधा कायम गरिएको पनि कम्पनीले उल्लेख गरेको छ ।