एनआईसी एशिया क्यापिटलद्वारा नयाँ वर्षमा ‘एक नेपाली, एक डिम्याट खाता’को सुभारम्भ

काठमाडौं, २९ चैत । एनआईसी एशिया क्यापिटलले नयाँ वर्ष २०७६ साललाई ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानको रुपमा सुभारम्भ गरेको छ । क्यापिटलले डिम्याट खाताको पहुँच बढाउन देशव्यापी रुपमा विभिन्न कार्यक्रम संचालन गरि यो अभियानको थालनी गरेको हो ।

क्यापिटलले योजनालाई थप टेवा पुर्याउन आउँदो असार मसान्तसम्म डिम्याट खाता खोल्दा लाग्ने शुल्क छुट गरिएकोे बताएको छ । महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई यो योजनाले लगानीका नयाँ अवसरबाट फाईदा लिन सघाउ पुर्याउने क्यापलको विश्वास छ ।

स्थापनाकाल देखि नै गुणस्तरीय मर्चण्ट बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै लगानी व्यवस्थापन सेवालाई आकर्षक तथा नविनतम सेवाको रुपमा स्थापना गर्दै आएको क्यापिटलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *