Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

महालेखाको प्रतिवेदन सार्वजनिकः १ खर्ब ४१ अर्व ५ करोड बेरूजु

महालेखाको प्रतिवेदन सार्वजनिकः १ खर्ब ४१ अर्व ५ करोड बेरूजु

काठमाडौं, २९चैत । गत आर्थिक वर्षमा १ खर्ब ४१ अर्व ५ करोड रुपैयाँ बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको ५६ औं बार्षिक प्रतिबेदनले गत आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय तह, संगठित संस्था, जिल्ला समन्वय समिति र अन्य समिति गरि ६ हजार ६ सय ४४ निकायको ५१ खर्ब ६० अर्व ९२ करोड रुपैयाँ बराबरको लेखापरिक्षण गर्दा झन्डै डेढ खर्ब रुपैयाँ बेरुजु देखिएको हो ।

सबैभन्दा बढी स्थानीय तहमा २४ अर्ब रकम बेरुजु देखिएको महालेखा परीक्षक टंकमणी शर्माले जानकारी दिए। महालेखा परीक्षको कार्यालयले ५९ खर्ब ७२ करोडको लेखा परीक्षण गरेको थियो।

हालसम्म ६ खर्ब ८३ अर्ब ६६ करोड रुपैयाँ कुल बेरुजु रहेको शर्माले जानकारी दिए। गत वर्ष १९ अर्ब ५४ अर्ब ६४ करोड वेरुजु फ्र्छौंट भएको भने असार २५ पछि मात्रै १८ अर्ब बजेट रकमान्तर गरिएको पाइएको छ। महालेखाले ५६ औं प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शुक्रबारै पेश गरेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x