Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

लुक्लामा भएको विमान दुर्घटनाको छानविन गर्न समिति गठन

लुक्लामा भएको विमान दुर्घटनाको छानविन गर्न समिति गठन

काठमाडौं, २ बैशाख । सोलुखुम्बुको लुक्ला स्थित तेञ्जिङ हिलारी विमानस्थलमा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनाको बारेमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेको हो ।

समितिमा नेपाल वायुसेवा निगमका इन्जिनियर राजेश श्रेष्ठ र सिता एयरका पाइलट रबिन्द्र डङ्गोल सदस्य रहेका छन् । समितिको सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

लुक्लाबाट रामेछाप उड्ने क्रममा ‘नाइन एन एएमएच’ कलसाइन विमान धावनमार्गबाट चिप्लिएर पार्किङ गरी राखिएको श्री एयर र मनाङ एयरको ‘नाइनएन एएलसी’ कल साइन हेलिकप्टरसँग ठोक्किदा तीन जनाको निधन भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x