Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मंगलबार नेप्से २३.३३ अंकले बढ्यो,

मंगलबार नेप्से २३.३३ अंकले बढ्यो,

काठमाडौं, ३ बैशाख । मंगलबार सेयर बजार दोहोरो अंकको वृद्धि संगै सबै परिसुचकहरुमा हरियाली छाएको छ । नयाँ बर्षको पहिलो कारोबार बैशाख २ गतेबाटै सकारात्मक रहेको बजारले आज पनि लगानीकर्ताहरुलाई उत्साहीत बनाउदै सकारात्मक संदेश दिएको हो ।

उक्त दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) २३.३३ अंकले वद्धि भइ १२१२.०५ को विन्दुमा कारोबार बन्द भएको छ । कुल १ सय ७० कम्पनीको २४,११,६५० कित्ता सेयर खरिद बिक्री हुँदा ७२ करोड २७ लाख १८ हजार ७ सय ५१ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा भने सो दिन एनएमबी बैंकले ६ करोड ७० लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार गरि अग्रता लिएको छ ।

आज श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताहरुले सबै भन्दा बढी कमाएका छन् । जसको सेयर मुल्यमा ६.६७ प्रतिशतको वृद्धि आएको छ । साथै युनिभर्सल पावर कम्पनीका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । जसको सेयर मुल्यमा ३.२२ प्रतिशतको गिरावट आएको छ ।
यसैगरि मंगलबार कारोबारमा आएका १० वटै समुहको परिसुचक वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x