Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

एभरेष्ट बैंकका ग्राहकलाई चिरायू हस्पिटलमा १५ प्रतिशत छुट

एभरेष्ट बैंकका ग्राहकलाई चिरायू हस्पिटलमा १५ प्रतिशत छुट

काठमाडौं, ३ वैशाख । एभरेष्ट बैंक लिमिटेडका ग्राहकलाई चिरायू नेशनल हस्पिटलबाट प्रदान गरिने सेवामा १५ प्रतिशत छुट हुने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुलाई चिरायू हस्पिटलले १५ प्रतिशत छुट दिने भएको हो ।

उक्त सम्झौता भएसँगै बसुन्धारामा रहेको चिरायू हस्पिटलमा एभरेष्ट बैकका ग्राहकहरुले हस्पिटलका उत्कृष्ट सेवाहरु प्राप्त गर्ने पाउँने बैंकले उल्लेख गरेको छ । बैंकका ग्राहकहरुले एटीएम कार्ड वा केडिट कार्ड देखाएर हस्पिटलका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले हाल देशभर ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १ सय १६ एटीएम मार्फत आफ्ना सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x