Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

विपन्न वर्गका लागि ४ अर्ब रुपैँया लगानी गर्ने मेगा बैंकको लक्ष्य

विपन्न वर्गका लागि ४ अर्ब रुपैँया लगानी गर्ने मेगा बैंकको लक्ष्य

काठमाडौं, ३ पौष । मेगा बैंक नेपाल लिमिटेडले विपन्न वर्गका लागि गर्दै आएको लगानी चालु आर्थिक बर्षको अन्त्यसम्ममा चार अर्ब रुपैंया पुर्याउने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेडकी कायममुकाम प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले चालु आर्थिक बर्षको अन्तसम्ममा ४ अर्ब रुपैयाँ विपन्न वर्गमा लगानी गर्ने बताएकी छिन् । बैंकको लघुवित्त इकाइले देशभरका ५० वटा लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा कामु सिइओ खुञ्जेलीले भनिन्, ‘अहिलेसम्म हामीले विपन्न वर्गका लागि २ अर्ब ४६ करोड रुपैँया लगानी गरिसकेका छौं । बाँकी रकम पनि यसै आर्थिक वर्षको अन्त्यसम्ममा लगानी भैसक्नेमा हामी ढुक्क छौं ।’

कार्यक्रममा लघुवित्त विज्ञ डा. नरहरि ढकालले लघुवित्त संस्थाले संचालन खर्च कम गर्न सूचना प्रविधिको प्रयोगमा जोड दिए । अर्का लघुवित्त विज्ञ मेघराज गजुरेलले लघुवित्त संस्थाले कर्मचारीको उत्पादकत्व बढाउनुपर्ने बताए ।

मेगा बैंकका लघुवित्त इकाईका प्रमुख प्रकाश पोखरेलका अनुसार, लघुवित्तलाई प्राथमिकता दिने उद्देश्यले मेगा बैंकले लघुवित्त इकाइ नै स्थापना गरेको छ । मेगा बैंकका देशभर छरिएका ४७ वटा शाखामा लघुवित्त इकाइ अन्तरगत ७५ जना कर्मचारीहरु कार्यरत छन् । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई अनिवार्य रुपमा ५ प्रतिशत रकम विपन्न वर्गमा लगानी गर्न निर्देशन दिएको छ । तर, मेगा बैंकले अहिले नै करिब ७ प्रतिशत लगानी गरिसकेको छ भने चालु आर्थिक बर्षको अन्त्यसम्म करिब १० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x