तिन कम्पनीको बोनस शेयर सुचिकृत

काठमाडौं, ३ पौष । नेपाल स्टक एक्सचेन्जमा आज सोमबार ३ कम्पनीहरुको बानेस शेयर सुचिकृत भएका छन् । बोनस शेयर सुचिकृत हुनेहरुमा एनआइसि एसिया, प्रभु इन्योरेन्स र नागरिक लगानी कोष रहेका छन् । नेप्सेमा आज यी कम्पनीहरुको १ करोड ५८ लाख २१ हजार ६८९.१२ कित्ता बोनस शेयर सुचिकृत भएका छन् ।

प्रभु इन्स्योरेन्सः नेपाल स्टक एक्सचेन्जमा प्रभु इन्स्योरेन्सको ११ लाख ८ हजार ८४५.३९ कित्ता बानेस शेयर सुचिकृत भएका छन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९.२ प्रतिशत बोनस शेयर दिएको थियो ।

एनआइसि एसियाः एनआइसि एसिया बैंकको १३ करोड ३८ लाख ५ हजार १९५ कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भएका छन् । बैंकले शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर दिएको थियो ।

नागरिक लगानी कोषः नागरिक लगानी कोषले शेयरधनीहरुलाई दिएको २२ प्रतिशत बोनस शेयर नेप्सेमा सुचिकृत भएका छन् । कोषको १३ लाख २७ हजार ६४८.७३ कित्ता बोनस शेयर नेप्सेमा सुकिचृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *