सातवटै प्रदेशमा लगानीमैत्री वातावरण बनाउन एमाले अध्यक्ष ओलीलाई होटल व्यवसायीहरुको आग्रह

काठमाडौं, ३ पुस । होटल संघ नेपाल (हान) का अध्यक्ष अमरमान शाक्यको नेतृत्वमा गएको होटल व्यवसायीहरुको टोलीले पूर्व प्रधानमन्त्री एवं अध्यक्ष नेकपा एमाले केपी शर्मा ओलीलाई भेटी बधाई तथा शुभकामना व्यक्त गरेको छ । सो अवसरमा होटल संघ नेपालका अध्यक्ष शाक्यले अव बन्ने सरकारले नेपालमा दिगो राजनीतिक स्थायीत्व र आर्थिक तथा सामाजिक विकासले मुर्त रुप लिने अपेक्षा व्यक्त गरे । उनले नेपालको पर्यटन लगायत समग्र आर्थिक क्षेत्र तथा सामाजिक विकासका लागि संघले सधै सदैव सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गरे ।

त्यस्तै पूर्व अध्यक्ष योगेन्द्र शाक्यले होटल व्यवसायलाई शान्तिपूर्ण रुपमा संचालन गर्न सकेमा पर्यटन मार्फत नेपालमा आर्थिक परिवर्तन संभव भएकाले नेपालमा व्यवसायीक वातावरण निर्माण गरि सबै प्रदेशहरुमा लगानी र पर्यटकीय गतिविधिहरु संचालन गर्ने वातावरण निर्माणका लागि आग्रह गरे ।

भेटका क्रममा पूर्व प्रधानमन्त्री ओलीले अहिले पर्यटन क्षेत्र त्यसमा पनि खरबौं लगानी रहेको होटल उद्योग पर्यटनको प्रमुख आधारस्तम्भ रहेको बताए । साथै उनले देशकै आर्थिक मेरुदण्डको रुपमा रहेको यस क्षेत्रलाई नयाँ प्रादेशिक संरचनामा हरेक प्रदेशलाई पर्यटन मैत्री बनाई अगाडि बढाउने आश्वासन पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *