Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

नयाँ नेपाल लघुवित्त विकास बैंकको बुक क्योज, एजिएम कहिले ? 

नयाँ नेपाल लघुवित्त विकास बैंकको बुक क्योज, एजिएम कहिले ? 

काठमाडौं, ३ पौष । लाभांश प्रयोजनका लागि नयाँ नेपाल लघुवित्त विकास बैंकले शेयर दर्ता किताब बन्दको मिति तोकेको छ । लघुवित्तले पौष १२ देखी २७ गतेसम्मका लागि शेयर दर्ता किताब बन्द गर्ने भएको छ ।

यस लघुवित्तले पौष २७ गते वार्षिक साधारण सभा राख्ने भएको छ । उक्त साधारण सभामा लघुवित्तले शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर तिर्नका लागि १.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । लघुवित्तको शेयर पौष ११ गतेसम्म किन्ने लगानीकर्ताहरुले बोनस शेयर सुरक्षित गरि वार्षिक साधारण सभामा सहभागि हुन सक्नेछन् ।

लघुवित्तले बोनस शेयर वितरण पछि १ बराबर २.५ कित्ता हकप्रद शेयर समेत जारी गर्ने भएको छ । बोनस शेयर र हकप्रद शेयर पुँजीकरण पछि लघुवित्तको चुक्ता पुँजी २ करोड रुपैयाँबाट ८ करोड ४० लाख रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x