Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्सेमा सामान्य गिरावट

नेप्सेमा सामान्य गिरावट

काठमाडौं, ३ पौष । सोमबार शेयरबजारमा उतारपढाप देखियो । शेयर कारोबारको मध्य दिनमा ७.७४ अंकले बढेको शेयर बजार अन्त्यमा आएर ०.८९ अंकले घटेको छ । सोमबार नेप्से परिसुचक १५०८.२५ विन्दुमा गएर थामिएको छ ।

नेप्सेमा आज २ करोड ६४ हजार ६८९.१२ कित्ता शेयर थपिएको छ । जसमध्ये तिन कम्पनीहरुको १ करोड ५८ लाख २१ हजार ६८९.१२ कित्ता बोनस शेयर सुचिकृत भएका छन् । बोनस शेयर सुचिकृत हुने कम्पनीहरुमा एनआइसि एसिया, प्रभु इन्स्योरेन्स र नागरिक लगानी कोष रहेको छ । यस्तै २ कम्पनीहरुको ४२ लाख ४३ हजार कित्ता हकप्रद शेयर सुचिकृत भएका छन् । हकप्रद शेयर सुचिकृत गर्ने कम्पनीहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक र अरुण फाइनान्स रहेका छन् ।

सोमबार १६३ कम्पनीहरुको १२ लाख २५ हजार ५४ कित्ता शेयरको किनबेचबाट ५६ करोड ८३ लाख २१ हजार ७७९ रुपैयाँ कारोबार भएको छ । हिजो आइतबारको तुलनामा आज सोमबार कारोबार रकममा सुधार आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x