आइएमई जनरल इन्स्योरेन्स र ग्लोबल आइएमई क्यापिटलबिच हकप्रद शेयर निष्कासन गर्ने संझौता
काठमाडौं, ३ पुस । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको आँउदो आश्विन १० गते सम्पन्न भएको २० औं बार्षिक साधारण सभाको निर्णयानुसार १०ः८ अनुपात (१०शेयर बराबर ८) का दरले हकप्रद शेयर जारी गर्नको लागि ग्लोवल आइएमई क्यापिटल लिमिटेडसंग संझौता गरेको छ । उक्त संझौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरे ।
संझौता भएको ८० प्रतशित हकपद शेयरको निष्काशन पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको चुक्ता पूंजी रु. ९७ करोड २० लाख पुग्नेछ । त्यसपश्चात बोनस शेयर दिई कम्पनीले आफनो चुक्ता पूंजी रु.१ अरब २ करोड ६ लाख पु¥याउने गरी पूंजी बृद्धि योजना बीमा समितिमा पेश गरिसकेको जनाइएको छ ।
कम्म्पनीले गुणस्तरीय सेवामा वृद्धि गर्दै ग्राहक महानुभावरुलाई चुस्त सेवा प्रदान गर्नको लागि ७ वटै प्रदेशमा शाखा सञ्चाल विस्तार गर्दै आएको छ । हाल कम्पनीको प्रधान कार्यालय सहित २६ वटा शखा तथा सम्पर्क कार्यालयहरु साथै १० वटा सेवा काउण्टरहरु गरी ३६ वटा स्थानहरुबाट सेवा प्रदान गर्दै आएकोमा निकट भविष्यमा कम्पनीले थप १६ शाखा तथा सम्पर्क कार्यलयहरु खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने योजना बनाएको छ ।