Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लगानी सम्मेलनमा ३१ परियोजनामा २५ खर्बको प्रस्ताव

लगानी सम्मेलनमा ३१ परियोजनामा २५ खर्बको प्रस्ताव

काठमाडौँ, ९ वैशाख । गत चैत १५ र १६ गते राजधानी काठमाडौंंमा आयोजना गरिएको नेपाल लगानी  सम्मेलनमा प्रस्तुत भएका कूल ७७ परियोजना मध्ये ३१ परियोजनामा कूल रु २५ खर्ब बराबरको लगानी प्रस्ताव आएको छ । त्यसमा २६ वटा सम्मेलनमा क्रममा ‘शोकेश’ मा राखिएका र आह्वान नभएका थप पाँच गरी कूल ३१ परियोजनामा आवेदन परेको हो । सम्मेलनका क्रममा सरकारीस्तरबाट ५० र निजी क्षेत्रले २५  आयोजनालाई ‘शोकेश’ मा राखिएका मध्येबाट ३१ परियोजनामा स्वादेशी विदेशी लगानी कर्ताबाट गरी ३१ खर्व लगनी प्रस्ताव आएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानाकरी दिए । लागनी परियोजनाका सम्वन्धमा आएको प्रस्तातव सम्वन्धमा जानाकारी गराउन आयोजित पत्रकार सम्मेलनमा अधिकारीले प्रस्तावहरु उत्साहजनक रहेको बताउदै  प्राप्त भएका प्रस्तावलाई मसिनोसँग अध्ययन गरेर आवश्यक निर्णय लिइने बताए ।  शो केशमा राखिएका आयोजनामध्ये धेरैले भौतिक पूर्वाधार, ऊर्जा, शहरी पूर्वाधारमा चासो पत्रका व्यक्त गरेका छन् ।

कुन कुन परियोजनामा आयो प्रस्ताव ?

बोर्डका अनुसार कृषि पूर्वाधारतर्फ सात वटा परियोजनाका लागि प्रस्ताव आएको छ । त्यसमा उर्लाबारी, हेम्जा, बनेपा र चितवन, वीरेन्द्रनगर र तिलोत्तमामा एकीकृत कृषि पूर्वाधारका लागि प्रस्ताव परेका हुन् । स्वास्थ्य तथा शिक्षमा धुलिखेल मेडिसिटी र गण्डकी टेक्निकल विश्वविद्यालयका लागि समान एक÷एक प्रस्ताव परेका छन् ।

यस्तै ऊर्जातर्फ ७६२ मेगावाट क्षमताको तमोर जलाशयुक्त आयोजनाका लागि दुई वटा प्रस्ताव आएको छ । पश्चिम सेती ७५०, एसआर ६ ९२७, सुनकोशी दोस्रो एक हजार ११०,  सुनकोशी तेस्रो ५३६, तल्लो अरुण एक हजार ३०० र ५५० मेगावाट क्षमताको सौर्य परियोजनाका लागि समान एक÷एक वटा प्रस्ताव आएका छन् । औद्योगिक पूर्वाधारतर्फ एक आवेदन परेको छ । पर्यटनतर्फ तीन वटा परियोजनाका लागि प्रस्ताव आएका छन् । त्यसमा जानकी हेरिटेज होटल, तालतलैया थेमे पार्क र ड्रिमल्याण्ड धुलिखेलका लागि पनि एक÷एक वटा प्रस्ताव परेका छन् । यातायात पूर्वाधारका लागि नौ वटा परियोजनाका लागि प्रस्ताव आएका छन् । काठमाडौँ चक्रपथ, बाहिरी चक्रपथका लागि समान चार÷चार वटा प्रस्ताव आएका छन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि छ वटा प्रस्ताव आएका छन् ।

काठमाडौँ उपत्यका मेट्रो रेल, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौँ–पोखरा लुम्बिनी रेलमार्ग, काठमाडौँको स्कार्य रेलका लागि समान एक÷एक प्रस्ताव परेका छन् । सामाखुसी–टोखा–छहरे सुरुङमार्ग र धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि समान दुई÷दुई वटा प्रस्ताव आएका छन् । शहरी पूर्वाधारतर्फ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र  निर्माणका लागि दुई, जनकपुरको फोहर व्यवस्थापन, विराटनगरको फोहर व्यवस्थापन र मेलम्ची, खोकनालगायतका क्षेत्रमा फोहर पानीव्यवस्थापनका लागि एक÷एक प्रस्ताव परेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x