सङ्घीय संसद्को बजेट अधिवेशन वैशाख १६ मा आह्वान

काठमाडौँ, ८ वैशाख ।संघीय सरकारो बजेट अधिवेशन यही बैशाख १६ गतेबाट शुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख १६ गतेदेखि दुवै सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम यही वैशाख १६ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मलेन केन्द्र नयाँ बानेश्वरमा दुवै सङ्घीय सदनको अधिवेशन आह्वान गरिएको सङ्घीय संसद्का प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनु भयो । मुख्यगरी बजेट अधिवेशमा सरकारले आगामी बर्षको नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने एव परित गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *