Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

नेपालको नविकरणीय उर्जाको विकासमा विश्व बैंकले सघाउने

नेपालको नविकरणीय उर्जाको विकासमा विश्व बैंकले सघाउने

काठमाडौं, ९ बैशाख । नेपाल सरकार र विश्व बैंकबीच नीजि क्षेत्रसँगको साझेदारीमा नेपालको ग्रामिण भेगमा नविकरणीय उर्जा विकासमा काम गर्ने सम्झौता भएको छ। उक्त सम्झौतामा आज अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका कामु कन्ट्री म्यानेजर विगान प्रधानले हस्ताक्षर गरेका छन् ।

यसका लागि चार वर्षको अवधीमा १७ करोड अमेरिकी डलर खर्च गरिने छ । त्यसमा विश्व बैंकले आफ्नो रणनीतिक माध्यमको रुपमा ७.६१ करोड डलर सहयोग गर्ने छ । त्यस्तै, नेपाल सरकारले ६ करोड अमेरिकी डलर अनुदान गर्ने छ भने नीजि क्षेत्रले ३ करोड अमेरिकी डलर सहयोग गर्ने छ।

यो परियोजनाले १ लाख २६ हजार ग्रामिण जनतालाई उर्जा प्रदान गर्ने जनाइएको छ। यस अन्तर्गत २५ वटा मिनि सव स्टेशनहरुलाई सहयोग गर्नुका साथै ३.८ मेगावाटको नयाँ उत्पादन क्षमता थप्न सहयोग गर्ने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x