Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पर्यटकीय सिजनमा विमानस्थलको धावनमार्ग पिच : पर्यटक आगमनमा प्रभाव पर्ने सम्भावना

पर्यटकीय सिजनमा विमानस्थलको धावनमार्ग पिच : पर्यटक आगमनमा प्रभाव पर्ने सम्भावना

काठमाडौं, ९ वैशाख । गतचैत १८ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच मर्मतको काम भइरहेको छ । पिचको काम सुरु भएयता रातिको १० बजेबाट बिहानको ८ बजे सम्म दैनिक १० घण्टा विमानस्थल बन्द हुने गरेको छ ।

गत वर्ष जेठ ७ गतेदेखि दिनमा हुने उडानको चापलाई कम गर्न पर्यटन मन्त्रालयले दैनिक २१ घण्टा विमानस्थल संचालन गरेको थियो । आउँदो असार १५ गतेसम्म विमानस्थल १० घण्टा उडान बन्द हुने जनाउ नागरिक उड्डयान प्राधिकरणले दिइसकेको छ ।

विमानस्थल १० घण्टा बन्द हुँदा मुलुकको पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको छ । बसन्त ऋतुमा हिमाल चढ्नका लागि विभिन्न देशबाट पर्यटकहरु आउने भएकाले प्रत्यक्ष प्रभाव ती पर्यटकहरुमा पर्ने गरेको पर्यटन व्यवसायीले बताएका छन् ।

यो समयमा मौसम खुल्ला हुने भएको र हिमाल चढ्न मात्र नभएर नेपालको सौन्दर्य हेर्न पनि पर्यटकहरु प्रशस्त आउने गरेका छन् । तर, काठमाडौबाट केही उडान कटान गरेपछि त्यो प्रभाव पर्यटन क्षेत्रमा परेको ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) अध्यक्ष नवराज दाहालले जानकारी दिए । उनले अर्थको अर्थलाई भने–‘लुक्लाका लागि भरिने उडान रामोछापमा सारिएको छ । त्यो गर्दा पर्यटकहरुले व्यवस्थित तरिकाले बस्न र खाना खान पाएका छैनन् । त्यहाँ व्यवस्थित बसोबासको प्रवन्ध छैन् ।’ पर्यटकहरुले घण्टौ ट्रेकिङ गर्नु पर्ने हुनाले काठमाडौंबाट मन्थलीसम्म पुग्दा उनीहरु थकित हुने गरेको उनले बताए ।

यति मात्र होइन विमानस्थल १० घण्टा बन्दा हुदाँ अन्तर्राष्ट्रिय उडानलाई समेत प्रभाव पारेको छ। त्यसले गर्दा यो वर्ष नेपाल आउने पर्यटकको संख्यामा समेत कमि आउन सक्ने सम्भावना रहेको व्यवसायीहरु बताउछन् । विमानस्थलबाट दैनिक ३ सय ५० आन्तरिक र करिब १ सय अन्तर्राष्ट्रिय उडान हुने गरेको थियो । तर मर्मत अवभीभरमा दुबैतर्फ गरि करिब ९० जति उडान कटौती भएको छ ।

उडान स्थानान्तरणले पर्यटकलाई सहजता
मन्थलीमा लुक्लाको उडान गर्नु भन्दा पहिला लुक्ला जानको लागि पर्यटकहरुले घण्टौ कुर्नु पर्ने समस्या भएको र अहिले लुक्लाको उडान रामेछापको मन्थलिमा स्थानान्तरण गरिँदा पर्यटकहरुलाई सहजता भएको विमान स्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीको दाबी छ । विगतमा दिनमा ३÷४ पटकसम्म धावनमार्ग भत्किएर उडान प्रभावित हुने गरेको थियो । तर, अहिले रामेछापबाट लुक्लाको उडान समयमा नै हुने गरेको उनी बताउँछन् । महाप्रवन्धक क्षेत्री भन्छन्–‘ नयाँ ठाउँबाट उडान गर्दा समयमा पुग्ने र नयाँ ठाउँ देख्न पर्यटकहरुलाई फाइदा पुगेको छ । विगतमा यहाँ घण्टै जाममा परेर भनेको समयमा पर्यटकहरु गन्तव्यमा नपुग्ने स्थिति थियो । अहिले पर्यटकलाई त झनै सहजता सृजना भएको छ ।’

कुनै भवितव्य नभए भनेकै समयमा काम सकेर काठमाडौंबाट नै सबै ठाउँको उडान २१ घण्टा नै गर्ने महाप्रवन्धक क्षेत्रीले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x