Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

बैशाख मसान्तसम्ममा दुई तिहाई पुँजीगत खर्चको सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन

बैशाख मसान्तसम्ममा दुई तिहाई पुँजीगत खर्चको सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं ९, बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले धेरै बजेट भएका मन्त्रालयका सचिवहरुलाई नतिजा आउने गरि कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा बजेट कार्यान्वयनको समिक्षा कार्यक्रममा हिजो अर्थमन्त्री खतिवडाले सबै मन्त्रालयले अधिकतम प्रयास गरी बैशाख मसान्तसम्ममा दुई तिहाई पुँजीगत खर्चको नतिजा ल्याउन सचिवहरुलाई निर्देशन दिएका हुन ।

कुनै पनि बहानाबाजी अव नचल्ने भन्दै मन्त्री अतिवडाले बैशाख मसान्तभित्रमा भौतिक प्रगतिको अनुपातमा वित्तिय प्रगति पनि देखिने गरि काम गर्न सचिवहरुलाई निर्देशन दिए । चाहेमा एक महिनामा धेरै काम गर्न सकिने भन्दै बैशाख मसान्तसम्म सबै मन्त्रालयहरुको पूँजीगत खर्चको अनुपातमा आगामी वर्षको लागि बजेट विनियोजन गर्ने आधार तयार हुने र सोही कार्यसम्पादनको आधारमा आगामी वजेट विनियोजन गरिने स्पष्ट उनले पारे ।

सरकारलाई बदनाम बनाउनकै लागि पुसमा सम्पन्न भएका कामको रकम असारमा दिने गरिएको भन्दै सम्पन्न भएका परियोजना तथा आयोजनाहरुको रकम तत्काल भुक्तानी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए । विल पेश भएर पनि तत्काल भुक्तानी नभएमा जिम्मेवार निकायहरु जवाफदेही हुनु पर्ने भन्र्दै मन्त्री खतिवडाले अर्थ मन्त्रालयले यसका लागी जस्तो सुकै सहयोग र सहजीकरण गर्न तयार भएको प्रतिवद्धता व्यक्त गरे ।

समिक्षा वैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, भौतिक पूर्वधार तथा यातायात व्यवस्था मन्त्रालय, खानेपानी तथा सरसफाई मन्त्रालय, सहरी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, सहकारी, कृषि तथा पशुपक्षि विकास मन्त्रालयका सचिव र महालेखानियन्त्रक सहित वैठकमा उपस्थित भई आ–आफ्नो मन्त्रालयको प्रगति प्रस्तुत पेश गरेका थिए । वैठकमा अर्थ मन्त्रालयका सचिव राजन खनाल र राजश्व सचिव लालशंकर घिमिरे पनि सहभागी थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x