Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

तेस्रो त्रैमासमा एभरेष्ट बैंकको खुद नाफा १ अर्व २१ करोड

तेस्रो त्रैमासमा एभरेष्ट बैंकको खुद नाफा १ अर्व २१ करोड

काठमाडौं, ९ बैशाख । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधीको तुलनामा नाफा रकम १८.३७ प्रतिशतले बढी हो ।


गत वर्ष बैंकले १ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । तेस्रो त्रैमाससम्ममा वितरण योग्य नाफा भने १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ छ । खुद ब्याज आम्दानी ४ अर्ब १० करोड ६२ लाख ८७ हजार रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब १६ करोड ६२ लाख ६० हजार पुगेको छ ।

त्यस्तै यस अवधिमा बैंकले १ खर्ब २४ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x