सुधारको बाटोमा रहेको सेयर बजारमा लाग्यो ब्रेक
काठमाडौं, ९ बैशाख । केही दिनयता क्रमश बढेको सेयर बजारमा आज भने ब्रेक लागेको छ। आज बजार ७.२६ अंकले घटेर १२५६.९४ को बिन्दुमा झरेको छ ।
बजार घटेपनि कारोबार रकममा कमि आएको छैन । १ सय ६८ कम्पनीको १ अर्व रुपैयाँ बढीको कारोबार भएको छ। त्यसमा नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै अर्थात ९ करोड ३६ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ। त्यस्तै, एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले सो दिन धेरै कमाएका छन् भने माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
व्यापार, नीर्जिवन बीमा, उत्पादन तथा प्रशोधन र जीवन बीमा समुहको परिसुचक बढेको छ भने बाँकी अरु सबै समुहको परिसुचक घटेको छ ।