Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बजार बढेसँगै आफै सेयर किन्न तिर लागे लगानीकर्ता, अनलाईन कारोबार गर्नेको संख्या ५ हजार ५४ पुग्यो

बजार बढेसँगै आफै सेयर किन्न तिर लागे लगानीकर्ता, अनलाईन कारोबार गर्नेको संख्या ५ हजार ५४ पुग्यो

काठमाडौं, ९ बैशाख । पछिल्लो समय सेयर बजारमा सुधार आउन थालेको छ। बजारमा सुधार आएसँगै लगानीकर्ताहरु अनलाईन प्रणालीमा आवद्ध हुने क्रम पनि बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सुधारिए पछि पछिल्ला दिनहरुमा अनलाईन प्रणालीबाट सेयर कारोबार गर्नेको संख्या ५ हजार ५४ पुगेको छ।

बजारमा दैनिक १२ हजार लगानीकर्ताहरुले सेयर कारोबार गर्ने गरेको नेप्सेले जनाएको छ। नयाँ बर्षको सुरुवाती कारोबारमा नै नेप्से सुधारिए पछि १ हप्ताको अवधीमा ७ सय ५४ जना लगानीकर्ताहरुले स्वचालित अनलाईन प्रणालीको युजरनेम र पासवर्ड लिएका छन् ।

तथ्यांक अनुसार गत बर्षको कात्तिक देखि चैत मसान्त सम्म ४३ सय जना लगानीकर्ताहरुले युजर नेम र पासवर्ड लिएका थिए । बजार क्रमश उकालो लाग्न थालेपछि लगानीकर्ताको मनोबल बढ्न गएको हुदाँ बजारमा नयाँ लगानीकर्ताहरु पनि थपिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले बताए । हाल बजारमा ५० प्रतिशत भन्दा बढी लगानीकर्ताहरुले अनलाईन प्रणालीबाट सेयर कारोबार गर्नेे गरेको उनको दाबी छ ।

गत बर्ष सेयर बजारमा धेरै नीतिगत परिवर्तन भएको हुदाँ सो को असर अहिले देखिदै गएको साउदको भनाई छ । हाल सेयरमा लगानीको सिजन भएको, बैंक तथा बित्तिय संस्थाहरुले ब्याजदर घटाएको कारणले पनि बजारमा क्रमिक सुधार आएको र आगामी दिनमा सेयर बजारको विकास र प्रर्वद्धनका लागि नेप्सेले थप सुधारका परिवर्तनहरु गर्ने उनले बताए । बजार निरन्तर ओरालो लागेपछि हतोत्साहि भएका केही लगानीकर्ताहरुले नेप्से र धितोपत्र बोर्ड सहित अर्थमन्त्री विरुद्ध आन्दोलन समेत गरेका थिए । तर अहिले उनीहरु पनि आन्दोलन छाडेर कारोबारमा लागेका छन् ।
आन्दोलनरत सेयर लगानीकर्ता दवाब हाल आन्दोल स्थगित गरेर मौद्रिक नीति र बजेटमा सरकारलाई लगानीकर्ताको तर्फबाट सुझाव के दिने तिर लागेका छन् । पुँजी बजार सुधारको मागलाई क्रमिकरुपमा सम्वन्धित निकायले सम्बोधन गर्दै गएकाले आन्दोलन स्थगित गरेको मोद्रिक नीति र बजेट तर्फ ध्यान बढाएको लगानीकर्ता दवाब समुहका अध्यक्ष हरि ढकालले बताए । मौद्रिक नीति र बजेटमा सरकारलाई सेयर मार्जिन कारोबार ६५ प्रतिशतबाट ७५ प्रतिशत पु¥याउन, बैंकहरुलाई ब्रोकर लाइसेन्स लगाएर विषयमा आफ्ना सुझावहरु चाडै पेश गर्ने उनको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x