Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सम्पन्न भएका आयोजनाको भुक्तानी नरोक्न अर्थमन्त्री खतिवडाको निर्देशन

सम्पन्न भएका आयोजनाको भुक्तानी नरोक्न अर्थमन्त्री खतिवडाको निर्देशन

काठमाडौ,१० बैशाख ।  अर्थमन्त्री डा युवराज खतिवडाले सम्पन्न भएर आएका कामको भुक्तानीमा ढिलाइ नगर्न निर्देशन दिएका छन् । भुक्तानी रोक्दा सवै काम असारमा भएको देखिन आउने भन्दै सम्पन्न भएका कामको भुक्तानी रोक्न नहुने अर्थमन्त्री खतिवडाको निर्देशन थियो ।

धेरै कार्यक्रमको भौतिक प्रगति भएकाको वित्तीय प्रगति बाँकी रहेकाले असारमा भुक्तानी हुँदा सवै काम असारे विकास मानिने अवस्था आएको खतिवडाको भनाइ थियो ।

नयाँ बजेटको सम्वन्धमा काठमाडौंमा भएको  छलफलमा खतिवडाले यसपटक संशोधित बजेटभन्दा माथि काम हुने अवस्था रहेको उल्लेख गरे ।  खतिवडाले न्यायिकता, साधन श्रोत परिचालन, ऋण र राजस्व कसरी परिचालन गर्ने भन्ने विषयमा छलफल चलिरहेको जानकारी दिनुभयो । अर्थमन्त्री डा युवराज खतिवडाले आन्तरिक उत्पादनलाई सुरक्षित बनाउनेतर्फ सरकारले ध्यान दिएको जानकारी गराए । आगामी बर्षको बजेट छलफलकै क्रममा रहेकाले आएका उपयुक्त सुझावलाई समेट्ने प्रतिबद्धता जनाउँदै मुलुकको आर्थिक विकासलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा सरकार केन्द्रति रहेको खतिवडाको भनाइ थियो ।   

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x