Date

बुध, कार्तिक १९, २०८२
Wed, November 5, 2025

सेयर बजारमा आज पनि दोहोरो अंकको बृद्धि, परिसूचक १२९२.१२ बिन्दुमा

सेयर बजारमा आज पनि दोहोरो अंकको बृद्धि, परिसूचक  १२९२.१२ बिन्दुमा

काठमाडौं, १२ बैशाख । साताको अन्तिम दिन बिहिबार (आज) सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुचिकृत सबै समूहको परिसूचक बढेपछि समग्रमा बजार १२.८३ अंकले बढेर १२९२.१२ को बिन्दुमा चढेको छ।

१ सय ७६ कम्पनीको ४५ लाख २१ हजार ९७६ सेयर किनबेच हुँदा १ अर्ब ३५ करोड ८४ लाख १६ हजार ९१७ रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबै भन्दा बढी सेयर नेपाल बैंक लिमिटेडको भएको छ । बैंकको १८ करोड ४१ लाख ६४ हजार ९१७ रुपैयाँको सेयर कारोबार भएकोछ ।

त्यस्तै, सबैभन्दा बढी कमाउँनेमा एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । इन्स्योरेन्स कम्पनीको प्रतिसेयर मूल्य ४२ अंकले बढेको छ । सबैभन्दा बढी गुमाउँनेमा तारागाउँ रिजेन्सी होटल लिमिटेड रहेको छ । होटलको प्रतिसेयर मूल्य २४ अंकले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *