Date

आइत, साउन ४, २०८२
Sun, July 20, 2025

भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन ‘पर्यटन मार्ट’

भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन ‘पर्यटन मार्ट’

काठमाडौँ, १२ वैशाख । पर्यटकीय उत्पादन र वस्तुहरुलाई एउटै स्थलमा प्रर्दशन गरी पर्यटकलाई जानकारी  गराउन ‘पहिला देश अनि विदेश’ भन्ने मूल नाराका साथ राजधानीमा शुक्रबारदेखि ‘डोमेस्टीक टुरिजम मार्ट’ आन्तरिक पर्यटन मेलाको आयोजना गरिने भएकाे छ ।

गन्तव्य नेपाल ग्रुपअन्तर्गत गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्दै पहिलोपटक भृकुटीमण्डपको प्रदर्शनी हलमा  दुइ दिने मेला आयोजना गर्न लागेको हो ।

मेलामा देशका सात वटै प्रदेशका पर्यटकीय गतिविधि प्रस्तुत गरिने छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यले आयोजना पर्यटन मेलामा पर्यटन सेवा प्रदायक ट्रेकिङ, ट्राभल, एयरलाइन्स, काठमाडौँ तथा मोफसलका होटल, होमस्टे, रिसोर्ट, पर्यटक यातायात, हस्तकलाका सामग्री, जिपफ्लायर, प्याराग्लाइडिङ, पर्यटन शैक्षिक कलेज, नयाँ पर्यटकीय गतिविधि, केबलकार, सूचना प्रविधि, सातै प्रदेशको विभिन्न खाद्य परिकारयुक्त फुड स्टलहरुका साथै साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने मेला आयोजकाले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *