Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

देशभर सार्वजनीक जग्गा अतिक्रमण गर्ने क्रम बढ्दो, छानविनका लागि चौतर्फि दबाब

देशभर सार्वजनीक जग्गा अतिक्रमण गर्ने क्रम बढ्दो, छानविनका लागि चौतर्फि दबाब

काठमाडौं, १४ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अतिक्रमित सरकारी जग्गा छानविन अघि बढाएको छ। मुलुकको विभिन्न स्थानमा सरकारी जग्गा अतिक्रमण गरेको पाइएपछि मन्त्रालयले आफ्नै संयन्त्रको प्रयोग गरि छानविन गरिरहेको जनाएको छ।

छानविनपछि दोषी पाइए कारबाहीसम्मको प्रक्रिया अगाडि बढाने मन्त्री पद्यमा अर्यालले जानकारी दिइन । विगतमा भएका बेथितिलाई अन्त गर्ने पनि उनले जानकारी दिइन । कानून विपरीत र अनियमित ढंगले व्यक्तिका नाममा दर्ता भएका सरकारी जग्गा खोजी गर्न आयोग गठनका लागि मन्त्रिपरिषदले निर्देशन दिएपनि त्यसका लागि समय लाग्ने जनाइएको छ।

प्रधानमन्त्री निवास रहेको बालुवाटारको जग्गा निजिकरण गरिएको खबर बाहिर आएपछि त्यसको छानविनका लागि चौतर्फि सरकारलाई दबाब छ । त्यस्तै केही दिन अघि मात्र खुला मञ्चको जग्गा समेत एक व्यापारीले व्यवसायीक प्रयोगमा ल्याएको भन्दै सरकारको आलोचना भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x