Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पर्यटनले विकास र विकासले पर्यटक भित्र्याउँछ : डा.बाबुराम भट्टराई

पर्यटनले विकास र विकासले पर्यटक भित्र्याउँछ : डा.बाबुराम भट्टराई

काठमाडौं, १३ बैशाख । नयाँशक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले पर्यटनले विकास र विकासले पर्यटक भित्र्याउँने बताएका छन् । गन्तब्य नेपालले आयोजना गरेको दुई दिने ‘डोमेस्टिक टुरिज्म मार्ट–२०१९’ को उद्घाटन सत्रमा देशको विकास पर्यटन क्षेत्रको विकासले हुने बताएका हुन् ।

नेपालको मौलिकता र नेपालको संस्कृतिलाई विश्व सामु पु¥याएर निजी क्षेत्रले पर्यटन क्षेत्रलाई आर्थिक क्षेत्रसँग जोड्नु पर्ने उनको भनाई छ । त्यसको लागि सरकारी स्तरबाट पूर्वधारको विकास गरिदिनुपर्नेमा उनले जोड दिए । ‘सरकारले पर्यटन क्षेत्रलाई आवश्यक पर्ने पूर्वधारको विकास गरिदिनु पर्छ ।’ उनले भने–‘पर्यटन क्षेत्र आर्थिक विकासको मूल आधार हो । राज्यले मात्र आर्थिक विकास गर्न सम्भव छैन् । त्यसको लागि व्यवसायीहरु एक जुट भएर सरकारको सहयोगी बन्नु पर्दछ ।’

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले अहिलेको सरकार विकास र समृद्धिको पक्षमा भएको र त्यसको लागि व्यवसायीहरुसँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको जानकारी दिएका छन् । अहिले पर्यटन क्षेत्र व्यापारमा सीमित रहेकोले त्यसलाई उद्योगमा परिणत गर्न सरकारले पहल कदम चाल्ने उनको भनाई छ ।

यसैगरी हाल नेपाल घुम्न आएका पर्यटकहरुको संख्या बढ्नुका साथै करिब ५ लाख जनशक्तिले रोजगारी प्राप्त गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । त्यस्तै नेपाल ट्रेकिङ्ग एशोसियसन एजेन्सीका अध्यक्ष नवारज दाहालले बाह्य पर्यटकहरु भन्दा आन्तरिक पर्यटकले खर्च बढी गर्ने गरेको बताएका छन् ।

आन्तरिक पर्यटकलाई प्रवद्धन गर्नको लागि सरकारले विशेष कदम चाल्नु पर्ने उनको माग छ ।
बैशाख १३ (आज)बाट सुरुभएको ‘डोमेस्टिक टुरिज्म मार्ट–२०१९’ बैशाख १४ सम्म चल्ने छ । यस डोमेस्टिक टुरिज्म मार्ट–२०१९ मा देशका सात वटै प्रदेशका ७७ वटै जिल्लाबाट आफ्ना क्षेत्रका पर्यटन गन्तव्यहरु १ सय ११ स्टलहरुमा प्रदर्शन गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x