Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

बेल्ड एन्ड रोड इनिसिएटिभमा ६४ अर्व डलरको सम्झौता

बेल्ड एन्ड रोड इनिसिएटिभमा ६४ अर्व डलरको सम्झौता

काठमाडौं, १५ बैशाख । चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा ६४ अर्ब डलरभन्दा बढीको सम्झौता भएको छ। चीनमा जारी बिआरआई सम्मेलन उक्त सम्झौता भएको चिनिया राष्ट्रपति सी चिनफिङले जानकारी दिए ।

सबैलाई समेट्ने किसिमको सन्तुलित विकासका लागि बीआरआईलाई अघि सारिएको पनि जानकारी दिए । बीआरआईको माध्यमले एशिया र यूरोपमा उच्च गुणस्तरको विकास हुने सीले उल्लेख गरेका छन् । यो योजनामा अन्य मुलुकले पनि सहयोग गर्ने सीको विश्वास छ ।

वित्तीय बजारको तथ्यांक प्रदान गर्ने कम्पनी रेफिनिटिभका अनुसार यो योजनाको समग्र मूल्य ३६ खर्ब ७० अर्ब डलर छ । यो योजनाले एशिया, यूरोप, अफ्रिका, ओसनिया र दक्षिण अमेरिकालाई जोड्नेछ । केही मुलुकले भने यसको मूल्यलाई लिएर विरोध गरेका छन् । केही पश्चिमा मुलुकले चीन यसबाट आफ्नो प्रभाव विश्वभर फैलाउने योजनामा रहेको आरोप लगाउँदै आएका छन् । यसबाट साना मुलुकले थेग्न नसक्ने ऋणको भार बोक्नुपर्ने उनीहरूको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x