कालिमाटीको फलफूल बजारमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

काठमाडौं, १४ बैंशाख । प्रभु बैंक लिमिटेडले कालिमाटी फलफूल तथा तरकारी बजारमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । बैंकले कालिमाटी फलफूल तथा तरकारी बजारसँग प्रत्यक्ष कारोबार गर्ने व्यापारीहरुलाई लक्षित गरी काउण्टर सञ्चालन गरेको हो । काउण्टरको उद्घाटन कालिमाटी फलफुल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले गरेका हुन् ।

सञ्चालनमा आएको बैंकको कालिमाटी एक्स्टेन्सन काउण्टरबाट कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिमा आवद्ध कृषी तथा फलपूmल व्यवसायीहरु प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी प्रत्यक्ष रुपले लाभान्वित हुने बैंकले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *