राष्ट्र बैंकले गरेको नीतिगत सुधारले सेयर बजार सुधार तर्फ : गभर्नर नेपाल
काठमाडौं, १४ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले राष्ट्र बैंकले गरेको नीतिगत सुधारले सेयर बजारमा प्रत्यक्ष प्रभाव पारेको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सवको अवसरमा उनले राष्ट्र बैंकले लिएको केही नीतिगत सुधारको प्रभाव सेयर बजारमा सकारात्मक प्रभाव देखिएको बताए ।
सेयर बजारमा भएको सुधारले चालु आर्थिक वर्षमा पुँजी बजारका गतिविधिहरु स्थायित्वतर्फ उन्मुख हुने पनि उनको दाबी थियो ।
त्यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बजारमा व्याजदरको तुलानात्मक सुधारको काम गर्न राष्ट्र बैंकले हर प्रयास गरिरहेको जानकारी गराए ।
कार्यक्रममा मौद्रिक तथा वित्तीय क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै पूर्व गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठलाई सम्मानित गरिएको थियो ।