किसान माइक्रोफाइनान्सको बुक क्लोज, बोनस र हकप्रद दिने

काठमाडौं, ४ पौष । किसान माइक्रोफाइनान्सले पौष ११ देखी १७ गतेसम्मका लागि शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । माइक्रोफाइनान्सले पौष २४ गते पाँचौं वार्षिक साधारण सभा राख्ने भएको छ । उक्त साधारण सभामा माइक्रोफाइनान्सले बोनस शेयर र हकप्रद शेयरको प्रस्ताव लाने भएको कारण शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको हो ।

किसान माइक्रोफाइनान्सको पाँचौं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई २०.१२५ प्रतिशत बोनस शेयर दिने भएको छ । यस्तै बोनस शेयर पछिको चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँको ५० प्रतिशत अर्थात २ बराबर १ कित्ता हकप्रद शेयर दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *