लुम्बिनी जनरल इन्स्योरेन्सले पायो दुई अवार्ड

काठमाडौं, ४ पौष । लुम्बिनी जनरल इन्स्योरेन्सले दुईटा अवार्ड पाएको छ । इन्स्योरेन्सले बेष्ट एक्सिलेन्स एण्ड लिडरसिप अवार्ड २०१७ र बेष्ट ईम्प्लोयर ब्राण्ड अवार्ड २०१७ बाट सम्मानित भएको छ । पौष ३ गते सिएमओ एसियाद्वारा राजधानीकोे सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममा लुम्बिनी जनरल इन्स्योरेन्सले उक्त अवार्डहरु पाएको हो ।

सो कार्यक्रममा बैकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोेटेक्नोलोजी, कन्स्ट्रक्सन, रियल स्टेट आदि सेवाप्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए। विभिन्न क्षेत्रमा आवद्ध कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनको आधारमा विजेताहरु छनौट गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *