Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

नौ नयाँ सामाग्रीले पाए नेपाल गुणस्तर चिन्ह

नौ नयाँ सामाग्रीले पाए नेपाल गुणस्तर चिन्ह

काठमाडौं, १८ बैशाख । नेपाल गुणस्तर तथा नापतौल विभागले नौ वटा नयाँ सामग्रीको नेपाल गुणस्तर निर्धारण गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा बसेको नेपाल गुणस्तर परिषद्को एक सयौं बैठकले नौ सामग्रीमा नेपाल गुणस्तर निर्धारण गरेको हो ।

विभागले नेपाली हातेकागज, विद्युतीय सामग्री सुरक्षासम्बन्धी साधारण आवश्यकता, इन्डक्सन चुल्हो उपयोगितासम्बन्धी आवश्यकता, विद्युतीय हर्टप्लेट, प्रयोगशालासम्बन्धी मापदण्ड, हार्डकोल एण्ड कोकलगायतका सामग्रीमा गुणस्तर निर्धारण गरेको हो ।

विभागले हालसम्म विभिन्न ९३३ वस्तुलाई नेपाल गुणस्तर निर्धारण तथा नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । विभागले गुणस्तर चिन्ह प्रदान गरिएका वस्तु उत्पादन गर्दा गुणस्तरविपरीत् उत्पादन गरे कारवाहीसमेत गर्ने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x