Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सेयर बजारमा ४.२१ अंकको गिरावट

सेयर बजारमा ४.२१ अंकको गिरावट

काठमाडौं, १९ बैशाख । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा गिरावट आएको छ । उत्तार चढावका बीच बजार ४.२१ अंकले घटेर १२९४.३९ को बिन्दुमा झरेको छ ।

बैंकिङ, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, माइक्रोफाइनान्स, जीवन बीमा र अन्य समुहको परिसूचक घटेको छ भने निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र होटल समुहको परिसूचक बढेको छ ।

कारोबार रकममा पनि अघिल्ला दिनहरुको तुलनामा कमि आएको छ। आज एक सय ७० कम्पनीको ५८ करोड ७८ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । त्यसमा नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै अर्थात ४ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, हिमालय डिस्टिलरीका लगानीकर्ताले धेरै कमाएका छन् भने युनाईटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाउन पुगेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x