Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नालामा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सुरु

नालामा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सुरु

काठमाडौं, १९ बैशाख । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवा काभ्रेपलाञ्चोकको नालामा सुरुवात गरेको छ । बैंकले बनेपा नगरपालिका वडा नं ४, नालामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले गरेका हुन् । शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि अशोक श्रेष्ठलाई पोइन्ट अफ सेल मेसिन भतmपुर शाखाका प्रवन्धक भिम नारायण श्रेष्ठले हस्तान्तरण गरे ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यो सँगसँगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २९ पुगेको बैंकले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x