Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

राष्ट्रिय वाणिज्य बैंक र नेपाल दूरसञ्चार कम्पनीबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल दूरसञ्चार कम्पनीबीच सम्झौता

काठमाडौं, १९ बैशाख । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबीच संयुक्त लगानीमा पब्लिक कम्पनी संचालन गर्ने सम्झौता भएको छ । बैंक र दूरसञ्चार कम्पनीबीच भूक्तानी सेवा प्रदायक पब्लिक कम्पनी संचालन गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र दूरसञ्चार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता भएसँगै उक्त पब्लिक कम्पनीले नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेपछि भुक्तानी सेवा प्रदायकको सेवा सञ्चालन गर्दा दूरसञ्चार कम्पनी र बैंकसँग प्राथमिकताका आधारमा समझदारी गरी डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x