Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सरकारले अतिक्रमित सम्पूर्ण सरकारी जग्गाहरू आगामी वर्षभित्र सरकारी कायम गर्नेछ : राष्ट्रपति भण्डारी

सरकारले अतिक्रमित सम्पूर्ण सरकारी जग्गाहरू आगामी वर्षभित्र सरकारी कायम गर्नेछ : राष्ट्रपति भण्डारी

काठमाडौं, २० बैशाख । राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारले अतिक्रमित सम्पूर्ण सरकारी जग्गाहरू आगामी वर्षभित्र सरकारी कायम गर्ने बताएकी छिन् । राष्ट्रपति भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै सरकारी जग्गा आगामी वर्ष भित्र सरकारी नै कायम गर्ने बताएकी हुन् ।

उनले सम्पूर्ण सरकारी जग्गा सरकारी कायम गर्नमा सरकार दृढ रहेको बताइन् । उनले भनिन्–‘मेरो सरकारले अतिक्रमित सम्पूर्ण सरकारी जग्गाहरू आगामी वर्षभित्र सरकारी कायम गर्नेछ।’

सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउन सक्रिय गिरोहहरुलाई छानविन गरी कडा भन्दा कडा कारबाही गरिने पनि उनले बताइन् । सरकारी सम्पति दोहन गर्ने जो सुकैलाई पनि कारबाही गर्न सरकार कटिबद्ध रहेको उनको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x