Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, दोहोरो अंकको आर्थिक बृद्धिको आधार तयार

आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, दोहोरो अंकको आर्थिक बृद्धिको आधार तयार

काठमाडौं, २० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनपछि उत्साहजनक आर्थिक वृद्धि भएको बताएकी छिन् । सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदबाट प्रस्तुत गर्दै उनले ७ प्रतिशत आर्थिक वृद्धिले दोहोरो अंकको आधार तयार पारेको बताएकी हुन् ।

राष्ट्रिय वचत २७ प्रतिशत वृद्धि भई पुँजी निर्माणको आधार तयार पनि उनले बताइन । लगानी सम्मेलनबाट नेपाल लगानीको गन्तव्य बनेको, अनावश्क खर्च कटौती गरी मितव्ययिता गरिएको उनले जानकारी गराइन ।

त्यस्तै उनले झोलुङ्गे पुल बोकेर सरकार खोलाखोलामा पुगेको र जनताको हरेक पीडामा सरकारले साथ दिएको बताइन् । यसबाहेक चालु आर्थिक वर्षभित्र राष्ट्रिय प्रणालीमा २८७ मेगावाट बिजुली थप हुने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । सार्वजनिक र निजी क्षेत्रका आयोजना सम्पन्न भई आउँदो असारसम्म सो परिमाणमा विद्युत थप हुने राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x