Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नीति तथा कार्यक्रम – पानीजहाजमा यात्रादेखि राजधानी प्रवेश गर्ने सवारी धुने सम्म !

नीति तथा कार्यक्रम – पानीजहाजमा यात्रादेखि राजधानी प्रवेश गर्ने सवारी धुने सम्म !

काठमाडौं,२० बैशाख ।  सरकारले आर्थिक बर्ष २०७६ । ७७ को नीति तथा कार्यक्रम संसदमा पेस गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति  विध्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन । आगामी बर्ष इतिहासकै तिव्र आर्थिक विकासको बर्ष हुने र ४ बर्ष भित्र दोहोर अंकको आर्थिक बृद्धिदर हासिल हुने लक्ष्य नीति तथा कार्यक्रमले लिइएको छ । सरकारले आफ्नो पहिलो बर्ष समृद्धिको इतिहास रच्ने आधार वर्षमा रहेको बताउदै आगामी आर्थिक बर्ष २०७६।७७ को  नीति तथा कार्यक्रमहरू समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ केन्द्रित गरेको छ । नीति कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी वृद्धि, राष्ट्रिय सम्पत्ति सिर्जना, असमानता र गरिबी न्यूनीकरण, दिगो विकास र पर्यावरणीय संरक्षण, शान्ति, सद्भाव, सुव्यवस्था र विधिको शासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको छ । दोहोर अंकको आर्थिक बृद्धिदरका लागि आधार तयार भएको भन्दै सरकारले आउदो ४ बर्ष भित्र दोहोरो अंकको आर्थिब बृद्धिदरको लक्ष्य भेटने बताएको छ । सन् २०३० अगावै दिगो विकासका लक्ष्यहरू हासिल गरी मध्यमस्तरीय आय भएको मुलुक बन्ने, विक्रम सम्वत् २१०० सम्ममा उच्च मध्यमस्तरीय आय भएको सभ्य, सुसंस्कृत र विकसित मुलुक बनाउने अठोट प्रस्तावित नीति तथा कार्यक्रमले गरेको छ। लगातार तीन वर्षदेखिको आर्थिक वृद्धिदरको उत्साहजनक प्रवृत्तिलाई थप उन्नत बनाउँदै आगामी चार वर्ष्भित्र दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गरिनेछ। फराकिलो आधारसहितको उच्च आर्थिक वृद्धिदर हासिल गर्न स्रोत र साधनको दक्षतापूर्ण प्रयोग गरिनेछ।राष्ट्रिय बचत क्षमता अभिवृद्धि गरिनेछ।पूर्वाधारका महत्त्वपूर्ण आयोजनाहरू समयमै सम्पन्न गरी आर्थिक वृद्धिको सुदृढ आधार तयार गर्ने सरकारको नीति रहेको छ। स्रोत, साधन, जनशक्ति परिचालन र अनुगमनको विशेष व्यवस्था गरी लामो समयदेखि अधुरो रहेका राष्ट्रिय गौरवका आयोजनाहरूनिर्धा्रित समयभित्रै सम्पन्न गरी सञ्चालनमा ल्याउने बताएको छ ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको बाँकी कार्य सम्पन्न गरी सन् २०१९ भित्रै सञ्चालनमा ल्याइनेछ। पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल सन् २०२१कोसुरुदेखि सञ्चालन गर्ने गरी निर्माण कार्यमा तीब्रता दिइनेछ।निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण कार्य शीघ्र प्रारम्भगरिनेछ। आगामी आर्थिक वर्ष्भित्रै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी ४ सय ५६ मेगावाट विद्युत्राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। बूढीगण्डकी जलविद्युत् आयोजना अघि बढाइनेछ। आगामी आर्थिक वर्ष्भित्रमेलम्ची खानेपानी आयोजना सम्पन्न गरिनेछ। भेरी९बबई डाइभर्सन आयोजनाको निर्माण कार्य दुई वर्ष्भित्र सम्पन्न गरिनेछ।  सरकारले आगामी आर्थिक वर्षमा सातै प्रदेशमा औद्योगिक क्षेत्रहरूको निर्माण सुरु गर्ने र आगामी चार वर्ष्भित्र सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गरी सञ्चालनमा ल्याइउने कार्यक्रम आगाढी सारेको छ  यस्तै द्विपक्षीय तथा बहुपक्षीय व्यापार सन्धिको पुनरावलोकन, सडक, जल तथा रेल्वे सम्झौताहरूमा समयानुकूल परिमार्जन र नयाँ सम्झौता गरी विश्व बजारमा नेपाली उत्पादनको पहुँच वृद्धि गरिने नीति लिइएको छ यसै गरी सरकारले मौलिक हकको कार्यान्वयनबाट सबै नागरिकलाई शिक्षा, स्वास्थ्य, खाद्यान्न, रोजगारीको व्यवस्था गरी निरपेक्ष गरिबी अन्त्य गर्ने बताएको छ ।  शासकीय स्वच्छता र सुशासन प्रवर्द्धनलाई सरकारले सर्वोपरि प्राथमिकतामा राख्दै सबै क्षेत्रमा सदाचार पद्धति अवलम्बन गर्ने नीति लिएको छ । यसका साथै राज्यको सम्पत्तिमाथि अनधिकृत दोहन गर्ने प्रवृत्तिप्रति सरकार कठोर रूपमा उत्रिने नीति कार्यक्रमा उल्लेख छ । काठमाडौंलाई भारत र चीन दुवैतर्फ रेलमार्गले जोड्ने वीरगञ्ज काठमाडौं र रसुवागढीकाठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी दुई वर्ष्भित्र निर्माण कार्य सुरु गरिनेछ। जयनगर९बिजलपुरा र भारतको बथनाहादेखि विराटनगरसम्मआगामी आर्थिक वर्ष्भित्रै रेल सेवा सञ्चालन गरिनेछ।बिजलपुरा९बर्दिबास खण्डको रेलमार्ग निर्माण कार्य सम्पन्न गरिनेछ।

यस्तै नेपालीको आफ्नै पानीजहाजमा यात्रा गर्ने चाहना छिट्टै पूरा हुने अवस्थामा पुगेको छ। पानीजहाज कार्यालय स्थापना भई पानीजहाज सञ्चालनका लागि आवश्यक नीतिगत, कानुनी र अन्य पूर्वाधार तयारी भइरहेको छ। जलमार्ग र समुद्रमा नेपालीझण्डाभएकोपानीजहाजसञ्चालनमा ल्याइनेछ। नेपालको पानी जनताको लगानी अभियानबाट आम नेपालीको स्वामित्व हुने गरी विद्युत् उत्पादनमा लगानी जुटाई करिब ३ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गरिनेछ। निर्माणाधीन आयोजनाहरू सम्पन्न गरी आगामी वर्ष १ हजार मेगावाट विद्युत् थप गरिनेछ। प्रतिव्यक्ति विद्युत् खपत आगामी पाँच वर्ष्भित्र ७ सय किलोवाट घण्टा पुर्याइनेछ। आगामी चार वर्ष्भित्र सबैका लागि स्वच्छ ऊर्जा पहुँच पुर्याइनेछ। उज्यालो नेपाल अभियानअन्तर्गत सबै नेपालीका घरघरमा बिजुली पुर्याइनेछ। निर्माणाधीन विद्युत् आयोजनाहरूबाट व्यावसायिक उत्पादन सुरु हुनु अगाडि प्रसारण लाइन निर्माण सम्पन्नगरिनेछ।पूर्वपश्चिम राजमार्ग र रसुवागढी काठमाडौं वीरगञ्जकोरिडोरहरूमा ४ सय के।भी। क्षमताका प्रसारण लाइन निर्माण कार्यलाई तीब्रता दिइनेछ।

बिजलपुरा९बर्दिबास खण्डको रेलमार्ग निर्माण कार्य सम्पन्न गरिनेछ। नेपालीको आफ्नै पानीजहाजमा यात्रा गर्ने चाहना छिट्टै पूरा हुने अवस्थामा पुगेको छ। पानीजहाज कार्यालय स्थापना भई पानीजहाज सञ्चालनका लागि आवश्यक नीतिगत, कानुनी र अन्य पूर्वाधार तयारी भइरहेको छ। जलमार्ग र समुद्रमा नेपालीझण्डाभएकोपानीजहाजसञ्चालनमा ल्याइनेछ। नेपालको पानी जनताको लगानी अभियानबाट आम नेपालीको स्वामित्व हुने गरी विद्युत् उत्पादनमा लगानी जुटाई करिब ३ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गरिनेछ। निर्माणाधीन आयोजनाहरू सम्पन्न गरी आगामी वर्ष १ हजार मेगावाट विद्युत् थप गरिनेछ। प्रतिव्यक्ति विद्युत् खपत आगामी पाँच वर्ष्भित्र ७ सय किलोवाट घण्टा पुर्याइनेछ। आगामी चार वर्ष्भित्र सबैका लागि स्वच्छ ऊर्जा पहुँच पुर्याइनेछ। उज्यालो नेपाल अभियानअन्तर्गत सबै नेपालीका घरघरमा बिजुली पुर्याइनेछ। निर्माणाधीन विद्युत् आयोजनाहरूबाट व्यावसायिक उत्पादन सुरु हुनु अगाडि प्रसारण लाइन निर्माण सम्पन्नगरिनेछ।पूर्वपश्चिम राजमार्ग र रसुवागढी काठमाडौं वीरगञ्जकोरिडोरहरूमा ४ सय के।भी। क्षमताका प्रसारण लाइन निर्माण कार्यलाई तीब्रता दिइनेछ।

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x