Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मोहनापुल–अत्तरिया ६ लेनको सडक निर्माणमा ढिलाई, स्थानीयलाई धुलो र हिलोले सास्ती

मोहनापुल–अत्तरिया ६ लेनको सडक निर्माणमा ढिलाई, स्थानीयलाई धुलो र हिलोले सास्ती

काठमाडौं, २३ बैशाख । मोहनापुल–अत्तरिया ६ लेन सडक निमार्ण कछुवा गतिमा हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । घाम लागे धुलाम्मे र पानी पर्दा हिलाम्मे सडकमा यात्रा गनुपर्दा सर्वसाधारणलाई सास्ती भएको छ । विं.सं २०७६ साल जेठमा सक्नुपर्ने काम हालसम्मको प्रगति हेर्दा समयमै पूरा नहुने देखिएको छ ।

निर्माणमा ढिलाई हुँदा हिडडुल गर्न सास्ती भएको सर्वसाधारणले गुनासो गरेका छन् । ६ लेन सडक छेउमा रहेका पसलहरूको व्यापार धुलो र हिलोले चौपट भएको छ । ठेकेदार र सरोकारवाला निकायका कारण स्थानीयबासी एक वर्षदेखि धुलो र हिलो खेप्नुपरेको परेको हो ।

प्रदेशकै प्रमुख व्यापारिक केन्द्र धनगढी भएकाले यो सडकमा बस, ट्रक, ट्याक्टर, मोटरसाइक लगायत दैनिक सयौँ सवारीसाधन गुड्छ्न । बोराडाँडी, राजपुर, गेटालगायत क्षेत्रका स्थानीय दैनिक साइकल र पैदल ओहोर दोहोर गर्छन । तर पनि अझै सम्बन्धित निकायको ध्यान जानक सकेको छैन । खानेपानी र विजुलीका लाईन सार्ने कार्यमा ढिलाई हुदा विद्युतिय उपकारण संचालन गर्न समस्या भएकाले सडक निर्माणमा तीव्रता दिन नसकेको एन्जिनिर खगेन्द्र बहादुर शाहीले बताए ।

१ अर्ब ६८ करोड रुपैयाँ लागत रहेको आयोजनाको काम ३ खण्डमा विभाजन गरेर भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x