Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनएमबि बैंकको नाफा १ अर्व ६५ करोड

एनएमबि बैंकको नाफा १ अर्व ६५ करोड

काठमाडौं, २३ बैशाख । एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १९.९३ प्रतिशतले बढी हो । नाफा रकम मध्ये बैंकको वितरण योग्य नाफा भने ९७ करोड २१ लाख रुपैयाँ हो ।

खुद ब्याज आम्दानी र संचालन नाफामा पनि बैकले उत्साहजनक वृद्धि गरेको छ। खुद ब्याज आम्दानी ३ अर्ब ९ करोड ४१ लाख रुपैयाँ छ भने संचालन नाफा पनि २ अर्ब ३४ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।

यस अवधीमा बैंकले ९३ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरि ८७ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x