Date

मङ्ल, असार १७, २०८२
Tue, July 1, 2025

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने घट्यो

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडाैं, १६ असार । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज सेयर बजार मापक नेप्से परिसूचक ११.९९ अंकले बढेर २६३४.२७ विन्दुमा पुगेको छ। यद्यपि, बजार बढे पनि आज कारोबार रकममा भने गिरावट आएको छ।

आज ३१८ कम्पनीका १ करोड ३२ लाख १७ हजार ८६४ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ। यसअघि हिजो (आइतबार) ३२८ वटा कम्पनीका १ करोड ६६ लाख कित्ता सेयर ७ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएको थियो। यसले आज बजारमा सेयर मूल्य बढे पनि कारोबार रकम र कित्ता दुवैमा कमी आएको देखाउँछ।

आजको कारोबारमा जलविद्युत र ‘अन्य’ समूहका उपसूचकहरू घटेका छन् भने बाँकी सबै समूहका उपसूचकहरूमा वृद्धि देखिएको छ। उत्पादन तथा प्रशोधन समूहको उपसूचक १.६१ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स समूह १.०४ प्रतिशतले वृद्धि भएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *